डा.पाण्डेका यी सुझाव ध्यान दिनुहोस् ! कोरोना भाइरस सर्ने जोखिमबाट अवस्य पनि बच्न सकिन्छ !

२०७६ चैत्र १७, सोमबार २३:३५ गते २०७६ चैत्र १७, सोमबार २३:३५ गते २०७६ चैत्र १७, सोमबार २३:३५ गते

समिर नेपालlकाठमाडौं १७ चैत बिश्व नै कोरोना भाइरस अर्थात कोभीट १९ देखि अक्रान्त छ अन्य देश संगै नेपालमा पनि कोरोना संक्रमित भेटिसकेको अवस्था छ संख्या धेरै नभएता पनि एकदमै चाडै सर्ने भएकोले यो रोग बाट जोगिन धेरै जरुरी छ। विश्व स्वास्थ्य संगठनले विभिन्न सावधानी एवम् लक्ष्यण जानकारी दिएका छन्। विभिन्न चिकित्सकहरुले आफ्नो आफ्नो तर्क र सल्लाह दिरहेको बेला नेपालका एक वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डेले यस्तो सल्लाह दिन्छन्। कोरोना सङ्क्रमणबाट जोखिन जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डे (रविन्द्र समीर) ले आम नागरिक लाई यस्तो सल्लाह दिनुहुन्छ ।–पत्रपत्रिका घरभित्र नल्याउने ।
–दूध, दहीको प्याकेटलाई हातले नछोई कागजको ठुंगोमा राख्ने । घरमा ल्याएपछि कागजको झोला डिस्पोज गर्ने ।
–दूधको प्याकेटलाई पञ्जा लगाएको हातले निस्संक्रमण गर्ने । यसको लागि स्प्रिट वा स्यानिटाइजर प्रयोग गर्ने वा साबुनपानीले धुने । अनि अर्को व्यक्तिले कैँचीले टुप्पो काटेर भाँडोमा खन्याउने ।
–सामान किन्न घरबाहिर एकजना जवान व्यक्तिमात्र जाने । गेट ह्यान्डल स्प्रिटले सफा गर्ने । घरबाहिर जुत्ता चप्पल, खुट्टा राम्रोसँग साबुनले धुने । लगाएका कपडा सकभर घाममा राख्ने । ढोका कुहिनाले धकेलेर खोल्ने । चुकुल निस्संक्रमित् तुल्याउने । त्यसपछि नुहाएर अर्को ड्रेस लगाएर कोठा वा भान्सामा जाने ।
–ग्यास सिलिन्डरलाई साबुनपानीले धोएर तथा १ घण्टा घाममा सुकाएर मात्र घरभित्र ल्याउने ।
–घरबाहिर प्रयोग गरेको मोबाइललाई स्यानिटाइजरले सफा गरेर २० मिनेट घाममा सुकाउने ।
–चल्तीको पैसालाई सकभर भान्सा, बैठक तथा बेडरुममा नराख्ने ।
–औंठी, घडी, डोरो, सिक्री, ब्रासलेट, बाला आदि नलगाउने ।
–घरभित्र स्यानिटाइजरको साटो साबुनपानी प्रयोग फर्ने । घरभित्र बस्दा मास्क नलगाउने ।
–सकभर यो ३ हप्ता घरमा उपलब्ध खाना खाने अर्थात पसल गइरहने काम नगर्ने
–योग, व्यायाम, ध्यान, स्वस्थ्य खाना, हाँसखेल, सकारात्मक मन्थन आदिबाट रोगसँग लड्ने क्षमता बढ्छ ।
–सामाजिक संजाल वा अन्य संचार माध्यममा सरकार, जनस्वास्थ्यविद, चिकित्सक, विश्वासिला मिडियाको सल्लाह मात्र विश्वास गरौँ । हल्ला र भ्रमको पछि नलाग्ने ।
–कोरोना भाइरसको शक्ति बुझ्ने । यो तीव्र गतिमा फैलिन्छ तर धेरै घातक छैन भन्ने तथ्य नबिर्सने ।
–अहिले प्रदूषण निकै कम छ । तसर्थ फोक्सोको शक्ति बढाउन अनुलोम र विलोम, भस्त्रिका लगायत प्रणायाम गर्ने । अन्य ब्रिदिंग एक्सरसाइज गर्दा पनि हुन्छ ।
–सामान्य स्वास्थ्य समस्याको लागि अस्पताल नजाने । घरेलु उपचार गर्ने । आफ्नो डाक्टरलाई फोन गरेर सल्लाह लिने । नबिर्सौं, अस्पताल रोग सर्ने प्रमुख ठाउँमध्ये एक हो ।
–यो समयमा घामको जति सक्यो धेरै उपयोग गर्ने। घाममा बस्ने,लगाउने कपडा,बेडरुमका कपडा,भाँडाकुँडा लगायतका सामाग्री घाममा राख्ने । फुर्सदको बेला नचाहिने कुरा केलाएर घरलाई अझै सफा बनाउने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *