काठमाडौ । नेपाली कांग्रेसकी नेतृ रिता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छिन् ।नेतृ खनालले आज विहान फेसबुकमा स्टाटस लेख्दै आफ्ना मन्त्रीले भ्रष्टाचार गरेपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने दावी गरेकी हुन् । उनले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न पनि सुझाव दिएकी छिन् ।
कोरोना भाइरस नियन्त्रणका लागि चीनबाट ल्याइएको सामग्री कमसल भएको सरकारले स्वीकार गरेर ओम्नी कम्पनीसँग सम्भौता पनि रद्ध गरिसकेकाले सरकारले नै भ्रष्टाचार भएको स्वीकार गरिसकेकाले सरकारको वास्तविक चरित्र देखिएको उनको भनाई छ । खनालले भ्रष्टाचारको ढाकछोप गर्न सरकार, मन्त्री र नेकपाका कार्यकर्ता लागिपरेकामा समेत उनको आपत्ति छ । उनले अन्य बिरामीले पनि अस्पतालमा सेवा नपाएकामा समेत उनको गुनासो छ । यो असहज अवस्थामा सरकारले जनताको जीवनमाथि खेलवाड गरेकाले तत्काल सही बाटोमा लाग्न समेत उनले आग्रह गरेकी छिन् ।
Views: 0