प्रधानमन्त्रीले बेचे आठवटा भैँसी ;आठवटा वटा भैँसीको बिक्रीबाट २२ लाख रुपैयाँ

२०७५ आश्विन १४, आईतवार ०५:०३ गते २०७५ आश्विन १४, आईतवार ०५:०३ गते २०७५ आश्विन १४, आईतवार ०५:०३ गते

एजेन्सी  २०७५ असोज १४ गते  राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ?
सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएकाआठवटा वटा भैँसी बेचेका छन् ।

केहीदिन अघिमात्रै खानले प्रधानमन्त्री निवासमा रहेका केही कारहरु पनि लिलाम गरिदिएका थिए ।
पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका हुन् ।

ती आठवटा वटा भैँसीको बिक्रीबाट झण्डै २२ लाख रुपैयाँ उठेको छ ।
यसअघि बुलेटप्रुफ कारको लिलामीबाट झण्डै सात करोड रुपैयाँ बराबरको रकम उठाएर प्रधानमन्त्रीले राज्यकोषमा दाखिला गरेका थिए ।

प्रधानमन्त्रीले बिक्री गरेका भैँसीमध्ये केही भैँसी पूर्वप्रधानमन्त्री नवाज सरिफका समर्थकले खरीद गरेका छन् । डेरी व्यवसाय गर्ने एकजना सरिफ समर्थकले आफूले नवाजप्रतिको प्रेमका कारण भैँसी किनेको र मौका पाएमा नवाज सरिफलाई ती भैँसी उपहार दिने बताएका छन् ।

प्रधानमन्त्री निवासका भैँसी खरीद गर्नका लागि मानिसहरुले लिलामीमा चर्को बोली लगाएका थिए । जसका कारण भैँसीहरु सामान्य मूल्यभन्दा कैयन् धेरै महंगोमा बिकेका छन् ।

online khaber

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *