BREAKING: कोरोना संक्रमित अस्पताल बाट फरार

२०७६ चैत्र २५, मंगलवार १५:०३ गते २०७६ चैत्र २५, मंगलवार १५:०३ गते २०७६ चैत्र २५, मंगलवार १५:०३ गते

एजेन्सी । भारत, उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका एक जना कोरोना भाइरस पोजेटिभ बिरामी आइसोलेशनबाट भागेका छन् । ६५ वर्षीय एक नेपाली नागरिक सफीद मिया आइसोलेशनबाट सोमबार राति झ्यालबाट हाम्फालेर भागेका हुन् । उनी सुनसरीका स्थानीय हुन् । उनको स्वास्थ्य जाँच गर्दा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो । सफीद मिया दिल्लीको निजामुद्दिन मरकजको तबलीगी जमातमा सहभागी भएका थिए । १९ मार्चमा मस्जिदमा आएका १७ नेपाली जमाती पक्राउ परेका थिए ।

उनीहरुलाई बालैनीमा आइसोलेशनमा राखिएको थियो । यीमध्ये एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाइ गत बुधबार राति सिएचसीको कोरोना वार्डमा राखिएको थियो । उनको स्वास्थ्यमा सुधार आइरहेको थियो । सोमबार राति करिब एक डेढ बजेको समयमा उनी झ्यालबाट हामफालेर फरार भएका हुन् । उनी जंगलतर्फ भागेको अनुमान गरिएको छ ।अस्पतालमा स्वास्थ्यकर्मीले दुई बजेतिर हेर्न आउँदा उनी आइसोलेशनमा नभेटिएपछि खैलाबैला मच्चिएको थियो । स्वास्थ्यकर्मीले उनी हराएको खबर प्रहरीसमक्ष दिएका थिए । कोरोना संक्रमित व्यक्ति बन्दपुर तर्फ भागेको केही मजदुरले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *