सबैको लागि उदाहरण बन्दै आसुसेन फिल्मस् समुह लकडाउनमा रक्तदान

२०७६ चैत्र २७, बिहीबार १६:०१ गते २०७६ चैत्र २७, बिहीबार १६:०१ गते २०७६ चैत्र २७, बिहीबार १६:०१ गते
Pradeep Khadka Preem Geet Team

काठमाडौं २७ चैत – कोरोना भाइरस(कोभीड -१९)का कारण बिश्व नै अक्रान्त भएको बेला नेपालमा पनि ९ जना संक्रमित फेला परिसकेका छन्। नेपाल अहिले लकडाउनको अवस्थामा छ। देश नै अस्तव्यस्त छ। अस्पतालको बिरामीको चाप बढदो छ। अन्य दिन जस्तो लकडाउनका कारण रगतको भण्डारण हुन सकेको छैन। रगतको अभाव हुन् नदिन आसुसेन फिल्मस् ले आज बसुन्धाराको गृिन सिटि अस्पतालमा रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा आसुसेन फिल्मस् का निर्देशक संतोष सेन,चलचित्र प्रेम-३ का नायिका क्रिस्टिना गुरुङ,नायक प्रदिप खडका,मनिष राउत,गायिका प्रवीषा अधिकारी,गायक प्रताप दास लगाएत प्रेम गित -३ चलचित्र युनिट को उपस्थित रहेको थियो ।

रक्तदान कार्यक्रममा चालीस पाउन्ड रगत संकलन भएको थियो। कार्यक्रम बारे जानकारी गराउदै निर्देशक संतोष सेनले कोरोना ( कोभीड -१९) को कारण विश्वलाई जटिल बनाएको छ .. त्यसको जटिल असर अन्य रोग संग लडिरहेका बिरामीहरुमा पर्न थालेको र त्यसको मुख्य कारण हो रगत बैंकमा रगतको अभाव अहिले लागु गरिएको ‘लकडाउन’ को कारण यो समय रक्तदान गर्न असम्भव जस्तै छ। सरकारले गरेको बन्दाबन्दी लाई मध्यनजर गर्दै हाम्रो “प्रेम गीत ३” परिवार का चालीस जनाले भिड भाड् नगरी दुईदुई जना गरी पालैपालो गरेर रक्तदान गरेका हौ.. हामी ३५ देखी ४० जनाको रगतले नेपाल भरी रगत पुग्ने त होईन तर हामी हामी मिलेर एउटा समुह बनाएर पालो पालो रक्तदान गर्यो भने पक्कै पनि अन्य रोग बाट लडिरहेका बिरामीलाई जिवनदान मिल्नेछ।यो लक डाउनको अवधि अझै लम्बिए अवस्था समान्य नहुने हो भने दैनिक ज्यालादारी गर्ने मजदुरलाई हातमुख जोडन गारो पर्ने छ। हामीले छिटै नै दैनिक ज्यालादारी गर्ने मजदुरहरुको नजिक पुगेर वहाँहरु लाई राहत वितरण गर्ने छौं। लकडाउन हुन् अगाबै आसुसेन फिल्मस् ले बसपार्कमा पुगि आफ्नो टिम सहित कोरोना भाइरस बारे जनचेतना कार्यक्रम र एघार हजार मास्क बितरण गरेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *