मनमुरी कृषि सहकारीले ताजा तरकारी बजारमा उपलव्ध गराउंदै !!

२०७६ चैत्र २७, बिहीबार १७:०९ गते २०७६ चैत्र २७, बिहीबार १७:०९ गते २०७६ चैत्र २७, बिहीबार १७:०९ गते

काठमाडौं २७ चैत्र – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरिरहेको लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा सामाजिक अभियन्ता जयकला बस्नेतको अगुवाईमा भैरहेको हो। जयकला बस्नेत अध्यक्ष रहेको मनमुरी कृषि सहकारी संस्था मार्फत मनमुरी कृषि बजार नै गोठाटारमा संचालन गरिएको छ।

जहाँवाट मनमुरी कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुव्दारा उत्पादन गरेका ताजा तरकारी तथा फलफूललाई उपलव्ध हुने गरेको जानकारी जयकला बस्नेतले न्युजलाइन्स नेपाल डटकम लाई बताएकी छन्। सहुलियत सस्तो दरमा ताजा अर्गानिक तरकारी तथा फलफूल बिभिन्न जिल्ला हरू उपलब्ध गराई सहज र सरल ढंगवाट मनमुरी कृषि सहकारी बजारवाट उपलव्ध गराउंदै आएको पनि अध्यक्ष बस्नेतले भनेकी छन्। केही दिनअघि काठमाडौंको कोटेश्वर मनहरा पुुलमा अलपत्र परेका ज्यामी–मजदुरहरुको उद्धार गरेर मनमुरी कृषि सहकारी संस्थामा राखेर ठूलो राहत दिने कार्य पनि अध्यक्ष बस्नेतवाट भएको छ। जुन अत्यन्त उदाहरणिय कार्य भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *