सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुविधा थपौं: गगन थापा

२०७६ चैत्र २७, बिहीबार १७:१४ गते २०७६ चैत्र २७, बिहीबार १७:१४ गते २०७६ चैत्र २७, बिहीबार १७:१४ गते

काठमाडौं २७ चैत्र – नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न आग्रह गरेका छन्।

नेपाल प्रहरी र केही ठाउँका स्वास्थ्यकर्मीको पारिश्रमिक पनि काटेर राहत कोषमा संकलन गरेको खबर आइरहेका बेला सांसद थापाले सांसदलगायत कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न आग्रह गरेका हुन्। ‘महासंकटकाे यो घडीमा, हामी सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतकाे तलवभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्। राहत कोषमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र सांसदको पनि पारिश्रमिक काट्ने यसअघि नै निर्णय भइसकेको छ। स्थानीय तहमा पनि जनप्रतिनिधिको तलव वा भत्ता सुविधा राहत कोषमा संकलन गर्ने निर्णयहरू भइरहेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *