ललितपुर उद्योग वाणिज्य संघद्वारा जिल्लाका तीनवटै स्थानिय सरकारलाई खाद्यान्न उपलव्ध

२०७६ चैत्र २७, बिहीबार १९:४५ गते २०७६ चैत्र २७, बिहीबार १९:४५ गते २०७६ चैत्र २७, बिहीबार १९:४५ गते

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानिय सरकारलाई खाद्यान्न उपलव्ध गराइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन लकडाउन घोषणा गरे पश्चात मानिसहरु सार्वजनिक रुपमा दैनिक मजदुरी नपाएर खाद्यान्नको अभावले भोकै बस्न नपरोस भन्ने हेतुले ललितपुर महानगरपालिकालाई २ टन चामल र १ सय केजी दाल, महालक्ष्मी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल यस्तै गोदावरी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल उपलव्ध गराइएको हो । ललितपुर उद्योग वाणिज्य संघले उपलव्ध गराईएको उपरोत्त खाद्यान्न तीनै वटा स्थानिय सरकारले आफ्नो क्षेत्रमा रहेका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गरिनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *