मृतक भरको पारिवारिक अवस्था यस्तो छ, सहयोगको याचना

२०७६ चैत्र २८, शुक्रबार ०७:५६ गते २०७६ चैत्र २८, शुक्रबार ०७:५६ गते २०७६ चैत्र २८, शुक्रबार ०७:५६ गते

राम प्रघट कोरी  चैत्र २७ – विजयनगर।  मृतक गोवर्धन भरको सानो झुपडीमा बस्दै आएका छन् । झुपडी हेर्दा जसको पनि आँखा रसाउँछ । त्यो घर पनि डिही जग्गामा छ । खरको छानो र माटाकोे गारोले बनाइएको छ । भरको जग्गा एक धुर छैन । एक छाक खाना टार्नका लागि बिहान बेलुका जोहो गर्न सकिने अवस्था छैन । तपाई आफै महसुस गर्नुु सक्नुहुन्छ त्यो परिवार कति दुखि होला ? पति पत्नी एक रथका दुई पाङ्ग्रा हुन् । एक पाङ्ग्रा नभएपछि कसरी चल्छ, जीन्दगी ? यस्तो छ घरपरिवारको अवस्था । मृतक भरको परिवारमा १० वर्षका एक छोरा रहेका छन् ।

गाउँमै रहेको शान्तिदीप आधाभूत विद्यालय कक्षा ४ मा अध्ययन गर्दै आएका थिए । उनी घरको अवस्था अत्यन्तै दयनीय भएकोले समयमा कलम,कापी नहुने विद्यालय समयमा आउँदा खाना नपाउने, विद्यालयमा खाजा लिएर आए वापत रु १५ आमा खाजा अन्तर्गत पाउने भए तापनि खाजा नल्याउँखा समेत वञ्चित रहँदै आएकोले विद्यालयमा नियमित आउन छोड्ने गरेको विद्यालय परिवारको भनाई छ । उनकी श्रीमति गीताले “म कसरी आफ्नो जीवनलाई चलाउँ, कोरोनाको आशंकामा मेरो पतिको मृत्यु भयो, उपचार गराउन सकेन” भन्दै दुख व्यक्त गरिन् । श्रीमानको सहारा हुँदा एक छाक मुस्किलले विहान बेलुका टार्न मिल्थ्यो, उहाँ क्षयरोगबाट ग्रसित भएपछि उहाँका स्वास्थ्यका लागि तागतिलो खानेकुरा खुवाउनु पर्ने अवस्थामा झन् समस्या सिर्जना भयो, दिनभरी मजदुरी गर्ने बडा मुस्किलले जीन्दगी चल्दै आएको थियो ।

कहिलेकाहीँ घरमा केही खानेकुरा नहँुदा भोकभोकै बस्ने बाध्यता थियो । आज यस्तो अवस्थामा पनि श्रीमानको मुख हेरेर बाँचेको थिएँ । अब कसको सहारा आश गर्ने पिडित परिवारको भनाई छ । छोराको शैक्षिक यात्रालाई अन्धकार हुने भयो पिडित परिवारको चिन्ता रहेको छ ।कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. २ जर्लैया बस्ने यही चैत्र २४ गते गोवर्धन भरलाई कोरोना संक्रमणको आशंकामा जिल्लाको तौलिहवामा आइसोलन वार्डमा राखिएको थियो । मृतक भर क्षयरोगका बिरामी तर आइसोलेसनमा राखिएको केही दिनमै उपचारको क्रममा मृत्यु भएको परिवारपक्षको भनाई छ । गाउँपालिकाले काजकिरियाको लागि २० हजार दिएकोले प्रदेश, संघ र सम्पूर्णमा सहयोगको याचना गरेकी छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *