कोरोना आशकामा मृत्यु भएका परिवारलाई माहुरी होमद्धारा राहत प्रदान

२०७६ चैत्र २९, शनिबार ०९:३६ गते २०७६ चैत्र २९, शनिबार ०९:३६ गते २०७६ चैत्र २९, शनिबार ०९:३६ गते

राम प्रघट कोरी चैत २८, कपिलवस्तु। कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत विजयनगर गाउंपालिका २ का युवाको मृत्यु पछि उनका परिवारलाई राहत प्रदान गरिएको छ । मानव अधिकारका सम्बन्धमा काम गर्ने मधेश मानव अधिकार गृह माहुरी होम सस्थाद्धारा पिडीत परिवारलाई १० हजार रुपिया प्रदान गरिएको हो । संस्थाका कार्यक्रम अधिकृत दिनेश चौधरीद्धारा उक्त रकम पिडित परिवारलाई प्रदान गरिएको बताइएको छ ।

विजयनगर गाउंपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धन भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भएको थियो । स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको हो । लामो समय देखि क्षयरोगका विरामी रहेका भरको क्षय रोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *