राम प्रघट कोरी चैत्र २८ –विजयनगर। कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्मान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो । अपरह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको बताउनुभयो । दूबै जनाको अवस्था गम्भीर भएकोले बुटवलमा उपचारका लागि पठाइएको नेपाले बताउनु भयो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0