काठमाडौं ३० चैत्र – निरन्तरताको प्रतिक नव वर्ष फेरिदैछ। आजबाट २०७६ वटा वर्षहरु सकिएर २०७७ मा पाइला टेक्दै छौ। यस अवशरमा हामीले देखेका, सुनेका, भोगेका यावत संस्मरणहरु हुने नै भयो, विदाई हुदै गरेको र प्रवेश गरेको यो दुवै वर्ष हाम्रो र भविष्यको लागि मानव सभ्यता रहे सम्म यादगार हुने नै भयो। हिजो सम्म हामीले गरेका भोगेका सवै विषय भन्दा फरक विषयले संसारका हामी मानव जातिले सोच्नु पर्ने अवस्था आएकोछ। हामीले के विकास गर्न वाँकी छ त भन्ने अवस्थामा आइ पुग्दा एकाएक एउटै अमुर्त Covid-19 नामक भाइरसले विश्वमा राज चलाएकोछ। विचार र भुमिमा विभक्त भएर आ-आफ्नु राज गरेका हामी सवै नतमस्तक हुन परेकोछ। यसलाई परास्त गर्न हामीले एउटै अस्त्र मात्र उपयोग गर्न वाध्य भएका छौ, हामीले निर्माण गरेका कयौ अस्त्र प्रयोग हिन भएका छन।
त्यसैले यो नव वर्ष विशेष छ। यो वर्षले हामी मानव जातिलाई नया सोच तथा खोजको लागि तयार रहन अभिप्रेरित गर्नेछ, विचार एवं भुमी(देश) लाई कसरी मानवोचित कल्याणको लागि उपयोग गर्नु पर्नेछ भन्ने प्रश्नहरुको उत्तर खोज्न वाध्य वनाउदैछ। त्यतिमात्र होइन मानव उत्पत्ति हुदाको हामी एकै थियौ भन्ने सन्देश प्रभाह गरिरहेको अनुभूति गराएकोछ। यो वर्षले हामीबाट धेरै अपेक्षा राख्नेछ। धेरै खाले अप्ठ्यारा परिस्थितिमा रहेका देशहरुले मानव कल्याणको लागि गरिने अवका दिन कस्तो हुनु पर्ने हो, केका लागि र कस्का लागि भन्ने विकास पद्धति अवलम्वन गर्नु पर्नेछ, सहमति र सहकार्यलाई आत्मासाथ गर्नु पर्नेछ, सिमान भन्दा पनि मर्त्यलोक(पृथ्वी) लाई कस्तो वनाउने भन्ने विषयको टुंगो लगाउनु पर्नेछ, त्यसैले भगवान श्रीकृष्णले भने वमोजिम भूत र भविष्यको चिन्ता नगरी वर्तामानलाई ब्यवस्थित ढंगले अगाडी बड्नुको विकल्प छैन। यिनै विषयलाई ध्यानमा राखि नव वर्ष २०७७ ले संपूर्ण मानव जाति एवं प्राणीहरुको कल्याण गर्न सवैमा सदवुद्धि र प्रेणा मिलोस, इमान्दारिता र अनुशासित भइ काम गर्ने जागर पैदा होस, भनी महामारीबाट मृत्युवरण गर्नु हुनेहरुमा भावपूर्ण श्रद्धा शुमन ब्यक्त गर्दै आक्रन्त सवैको स्वास्थ्य लाभको कामना सहित देश विदेशमा रहेका दिदीवहिनी दाजुभाइमा सुस्वास्थ, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। सवैको जय होस, जय नेपाल !!
रुद्र खड्का, दोलखा जिल्ला सभापति, नेपाली कांग्रेस
सभार: उज्यालो नेपाल
Views: 0