किर्डाक नेपाल द्धारा बुद्धभुमि र शिवराज नगरपालिकालाई दुई दुई लाख सहयोग !

२०७६ चैत्र ३०, आईतवार १९:०१ गते २०७६ चैत्र ३०, आईतवार १९:०१ गते २०७६ चैत्र ३०, आईतवार १९:०१ गते

अमर बहादुर वि.के./कपिलवस्तु ३० चैत – विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-19 अर्थात कोरोना भाइरस रोकथामका लागि किर्डाक नेपाल संस्थाले बुद्धभूमी नगरपालिका र शिवराज नगरपालिका लाई चेक हस्तान्तरण गरिएको छ । बुद्धभूमी नगरपालिकाको ३,४ र ९ नम्बर वडा तथा शिवराज नगरपालिकाको १,२,३,५ र ११ नम्बर वडामा कार्यक्षेत्र बनाई सिड्स परियोजना संचालन गर्दै आईरहेको किर्डाक नेपालले बुद्धभूमी तथा शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २,४१,०००। (दुई लाख चालिस हजार मात्र ) का दरले दुई ओटा नगरपालिका लाई ४,८२,०००। बरावरको चेक हस्तान्तरण गरिएको किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले जानकारी दिनु भयो । बुद्धभूमी तथा शिवराज नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन तथा कोरोना रोेकथामका लागि आवश्यक पर्ने सामग्री,खाद्यान्न ,विविध सहयोगका लागि चेक हस्तान्तरण गरिएको हो । काेराेना भाइरस काेभिड -19 महामारीलाई रोकथामका लागि नगरपालिकाको एकद्धार प्रणाली लाई मध्यनजर गर्दै नगरपालिका,वडा कार्यालय संग समन्वय गरी समुदाय स्तरमा पनि मास्क वितरण,साबुन वितरण, तथा कोरोना सम्बन्धि समुदायमा सामान्य चेतनाका कार्यक्रमहरु संचालन गरेको बताउनु भयो । यस विपदको घडीमा किर्डाक नेपालले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आवश्यक सहयोगका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउने यो अभियानमा साथ दिन बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सम्पूर्ण लाई आग्रह गर्नु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *