महाराजगन्ज ६ मा सर्वदलीय बैठक सम्पन्न !!

२०७७ बैशाख २, मंगलवार २१:३५ गते २०७७ बैशाख २, मंगलवार २१:३५ गते २०७७ बैशाख २, मंगलवार २१:३५ गते

कृष्ण कुमार यादव/कपिलवस्तु २ वैशाख – कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा ६ भलवारी का वडा अध्यक्ष चाैधरी काे अध्यक्षता मा सर्वदलीय बैठक सम्पन्न भएको छ । राहत वितरण गर्न काे लागि वडा अध्यक्ष हेमन्त कुमार चाैधरी अध्यक्षता मा वडा स्तरीय राहत वितरण गर्ने समिति गठन भएको छ। जसमा संयोजक हेमन्त कुमार चाैधरी, वडा सदस्य कल्लु प्रसाद मुराउ, कर तुल्ला मुसलमान, प्रभावती कुर्मी, ज्ञानवती रैदास, महाराजगन्ज नगरपालिका कार्य पालिका सदस्य चाैधरी नाउ, नेकपा का शिव पुनज यादव, नेपाली कंग्रेस का राम सिंह चाैधरी, समाजवादी का विनाेद कुमार सिंह,राजपा का विक्रम बढाई, समाजसेवी पुल्लु हरिजन, राम प्रसाद यादव र सर्जु सरान चाैधरी समितिमा रहनु भएको छ । महाराजगन्ज नगरपालिका बाट अाज काेटेसन र दरभाउ समिति बाट निर्णय गर्नु भएको छ । सरकारले निर्देशन र मापदण्डअनुसार गरिब, विपन्न, असहाय र श्रमिक हरुलाई राहत वितरण गर्ने निर्णय भएको छ ।

राहत मा चामल २५ किलाे, दाल २ किलाे, तेल १ किलाे र नुन १ किलाे दिने निर्णय भएको छ। बैठक वडा सदस्य र सबै पार्टी काे प्रतिनिधि हरु उपस्थिति मा राहत पाउने व्यक्ति हरुकाे नामावली सार्वजनिक गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed