प्रधानमन्त्री ओलीलाई ठमठमी हिंडाएको तस्बिरले चन्द्र शमशेरको पहिरनको झल्को दिदैछ

२०७७ बैशाख ९, मंगलवार ०८:१४ गते २०७७ बैशाख ९, मंगलवार ०८:१४ गते २०७७ बैशाख ९, मंगलवार ०८:१४ गते

समीर नेपाल।प्रदेश अनलाइन खबर। प्रधानमन्त्री ओलीलाई ठमठमी हिंडाएको तस्बिर सार्वजनिक गरि अहिले उनको सचिवालयले तन्दुरुस्त देखाउन खोज्दा उतिबेला चन्द्र शमशेरको पहिरनको याद दिलायो ।चन्द्र शमशेरको जिविनीमा उल्लेख गरिए अनुसार  सन् १९०१ मा बहालवाला प्रधानमन्त्री आफ्नै दाजु देव शमशेरलाई रक्तबिहीन क्रान्ती द्वारा पूर्व तर्फ लेखेटेर सत्ता सम्हाल्दा चन्द्र शमशेरका अर्का दाजु खड्ग शमशेर वीर शमशेरको पाला देखि नै पश्चिम पाल्पा तर्फ खेदाईएका थिए। दुईदुई जना दाजु जिवित नै छंदै चन्द्र शमशेर तिनलाई पूर्व पश्चिम धपाएर चन्द्र शमशेरले शासन गरेका थिए। उमेरमै क्षयरोग लागेका चन्द्र शमशेर साह्रै दुब्ला थिए उनले जीउमा पहिरेको लुगा फुकाल्दा त उनी ठ्याक्कै ‘भुत्लाएको भँगेरा’ झैँ देखिन्थे अरे।

आफ्नै जेठाबा मारेर सत्तामा आएका शमशेर खलकमा देव शमशेरलाई चन्द्रले लखेटेर शक्तिको आडमा ज्यानै लिएर पनि सत्तामा उदाउनुपर्छ त्यस्तै आफ्नो पकड बलियो भए मात्र अरुले आफूलाई टेर्छन र आफ्नो पद जोगिन्छ भन्ने भान थियो त्यतिबेला। त्यसैले आफू दुब्लो प्रधानमन्त्रीलाई अरुले नटेर्लान भनी चन्द्र शमशेरले सत्तामा आउना साथ दाह्री पाल्न लागे जसलाई उनले जीवनभर राखिरहे। त्यस्तै उनले आफूलाई मोटोघाटो , बलियो बाँगो र जब्बर देखाउन कपडा माथी कपडा गरि चार तहको कपडा माथी मात्र दौरा वा जंङ्गी पोशाक लगाएर जब्बर देखिई लौरो टेक्दै हिंड्थे अरे। त्यसरी हिंड्दा जब्बर प्रधानमन्त्री देखि सबैले टेर्छन भन्ने हुन्थ्यो उनलाई।

अहिले भर्खरै महिना दिन अघि मात्र दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्यका कारण जिम्मेवारी सम्हाल्न नसक्दा उनलाई हरहालमा स्वस्थ र सबै हिसाबले उपयुक्त देखाउन उनको सचिवालय सार्कको भिडियो कन्फ्रेन्स यता नै लागिरहेको छ। अब त झन् प्रधानमन्त्रीले अध्यादेश मार्फत संवैधानिक कू द्वारा सत्तामा रहन र अरुलाई जुनसुकै समयमा घोक्रे ठ्याक लगाउन सक्छु भन्ने सन्देश दिन आफू तन्दुरुस्त रहेको सन्देश दिनुको विकल्प छैन भनी प्रधानमन्त्रीको सचिवालयले आवास देखि हिंड्दै बैठक स्थल सम्म पुगेको तस्वीर सार्वजनिक गरेको होला?

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed