रासिद खान बने विश्वकाे एक नम्वर अलराउण्डररासिद खान बने विश्वकाे एक नम्वर अलराउण्डर
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको एकदिवसिय नयाँ बरियतामा अफगानिस्तानका रासिद खान एक अलराउण्डरको सुचिमा शिर्ष स्थानमा उक्लिएका छन ।
यसअघि शिर्ष स्थानमा रहेका बंगलादेशका साकिव अल हसनलाई पछि पार्दै खान शिर्ष स्थानमा उक्लिएका हुन । यतिमात्र होइन विश्व बरियताको उत्कृष्ट बलरमा उनि दोस्रो स्थानमा छन ।
यता एशिया कपमा भारतलाई उपाधि दिलाउदाका कप्तान रोहित शर्मा ब्याट्सम्यानको बरियतामा दोस्रो स्थानमा उक्लिएका छन भने बाँया हात बलर कुलदिप यादव करियरकै शिर्ष स्थानमा पुग्दै विश्व बरियताको तेस्रो स्थानमा पुगेका छन ।
युएइमा भएको एशिया कपमा भएको प्रदर्शनका आधारमा रोहित, रासिद र कुलदिपको बरियता उक्लिएका हो । यस्तै एशिया कपमा कुल तीन सय ४२ रन बनाएका शिखर धवन पाँचौ स्थानमा पुगेका छन ।
Views: 0