साझाका डिलक्स बसले पर्सिदेखि दसैँका यात्रु ओसार्ने, २० सिटी बस थपिँदै

२०७५ आश्विन १४, आईतवार १०:४६ गते २०७५ आश्विन १४, आईतवार १०:४६ गते २०७५ आश्विन १४, आईतवार १०:४६ गते

साझाका डिलक्स बसले पर्सिदेखि दसैँका यात्रु ओसार्ने, २० सिटी बस थपिँदैसाझा यातायातका डिलक्स बसले मंगलबारदेखि दसैँका यात्रु ओसार्ने भएका छन्।

मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौंदेखि बागलुङ र काठमाडौंदेखि सुनौलीसम्म रात्रिकालीन सेवा दिने भएको हो। साझासँग हाल ४ वटा डिलक्स बस छन्।

‘दुई बस काठमाडौंबाट बाहिरिँदा, दुई बस फर्किन्छन्, यसबाट दसैँका यात्रुहरुलाई केही राहत मिल्ने छ’ साझाका प्रवन्धक महेन्द्रराज पाण्डेले भने।
बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे बस छुट्नेछ।

त्यस्तै सुनौलीका लागि पुल्चोकबाट साढे ६, नयाँ बसपार्कबाट ७ तथा कलंकीबाट साढे ७ बजे छुट्नेछ। काठमाडौंबाट बुटवलका लागि ६२० रुपैयाँ, भैरहवाका लागि ६७० तथा सुनौलीका लागि ६८० रुपैयाँ भाडादर तय गरिएको छ।

त्यस्तै बागलुङका लागि ७३० रुपैयाँ तथा कुश्माका लागि ६६५ रुपैयाँ तोकिएको छ। यात्रुहरुका लागि अग्रिम टिकट भने २१ गतेदेखि मात्रै खुल्ने पाण्डेले बताए। सो दिनको ११ बजेदेखि पुल्चोकको काउन्टरबाट यात्रुहरुले अग्रिम टिकट काट्न सक्नेछन्।

यी बसमा निशुल्क वाइफाई, मोबाइल चार्जको सुविधा, फोल्डिङ सिट, भिडियो प्लेयर लगायत सुविधा छन्। चालकसहित ४० सिट क्षमताका यी बस केही दिनअघि मात्रै साझाले काठमाडौं ल्याएको हो।

आवश्यकता परेका खण्डमा काठमाडौंमा संचालित साझाका बसले समेत बाहिरी जिल्लाहरुमा सेवा दिन सक्ने उनले बताए।

थप २० सिटी बस थपिँदै
साझा यातायातले थप २० सिटी बस थप्दैछ। भारतको चण्डिगढमा यी बसहरु तयार हुँदै गरेको पाण्डेले बताए। उनका अनुसार अबको ३ महिनाभित्र यी बसले काठमाडौंमा सेवा दिने छन्।

थपिने बस अहिलेकाजस्तै हुनेछन्। ‘थप २० बस थपिएपछि राजधानीबासीलाई यात्राका लागि सहजता हुनेछ’ पाण्डेले भने। साझासँग सेमी लो फ्लोरसहित अहिले ४७ वटा सिटी बस तथा ४ वटा डिलक्स बस छन्। २० वटा सहरी बस थपिएपछि ७१ वटा सिटी बस पुग्नेछ।

प्रत्येक दिन ५ जनालाई ५ सयको रिचार्ज
साझाले दसैँ तिहारको अवसरमा प्रत्येक दिन ५ जना यात्रुलाई ५ सयको दरले रिचार्ज कार्ड दिने भएको छ। काठमाडौंमा चल्ने बसमा टिकट लिएका यात्रुमध्ये लक्की ड्रमार्फत ५ विजेता छनौट गरिने साझाले जनाएको छ।

सेतोपाटी बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *