झापा निवासी एक पुरुषमा नयाँ संक्रमण, कोरोना संक्रमितको संख्या ५२

२०७७ बैशाख १४, आईतवार १९:१८ गते २०७७ बैशाख १४, आईतवार १९:१८ गते २०७७ बैशाख १४, आईतवार १९:१८ गते

काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को थप नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ । मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै झापानिवासी ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।कोशी अस्पताल विराटनगरमा पीसीआर विधिमार्फत परीक्षण गर्दा नयाँ संक्रमण भेटिएको हो ।संक्रमित अस्पतालकै सम्पर्कमा रहेको उनले बताए ।यससँगै देशभर कोभिड १९ का संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *