प्रदेश अनलाइन खबर। नमस्कार? म सन्दिप बराल ” गाँजा” यो शब्द सुन्नासाथ मानिसको दिमागमा झलक्क नकारात्मक कुरा आई हाल्छ मानौ गाँजा शब्द सुन्दा पनि उनिहरु लाई नशा चड्छ।। जे होस् जन्मे र बुझ्ने हुन थाले देखिनै गाँजा भनेको छुनै नहुने चिज भनेर अविभावकले सिकाए ।। बर्ढै जादा बुज्न थालियो ओ हो गाँजा त बिग्रेको अनि गजेडी मानिसले खाने चिज पो रैछ अनि हरेक चोटि गाँजा शब्द सुन्ना साथ हामी आतिन थालेउ कतै मलाई समाजले नराम्रो त सोच्दै न कतै म मेरो बाबा आमाको नजर बाट त गिर्दिन यी यावत प्रश्न हाम्रो दिमाग आउँथियो र अजै पनि आहि रहन्छ तर पख्नुस आज सबैको सामु म खुलेर भन चाहन्छु गाँजा आफैंमा नराम्रो शब्द होइन येसलाई प्रयोग गर्ने मान्छेले येसलाई नराम्रो भनेर चिनाएका हुन , अब एति मजाले मैले गाँजा नराम्रो होइन भनी सक्दा मानिसहरुको मस्तिष्कमा मेरो नराम्रो पर्छाई नबस्ला म भन्न सक्दिन हुन हो पनि समाजले हामिलाई सिकाकै यहि छ।। तर म कुनै गजेडी अनि खराव नियत भएको केटा चै होईन है।।
अब गाजा कसरी राम्रो भन्ने तिर जाउ है त, कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा वैधानिक बन्दै जानुको कारण यसको फाइदा वैज्ञानिक रूपले पुष्टि हुनु हो। करिब पाँच दर्जनभन्दा बढी अनुसन्धान अध्ययन गर्दा ६ सय ८५ तथ्यले गाँजाको फाइदाको पक्षमा वकालत गरेका छन् । जे होस आज म गाजा खानुको फाइदा देखाउनु भन्दा पनि गाजा खेती गर्दा बिश्व रुपि भएको फाइदा र हाम्रो देशको अर्थतन्त्रमा ल्याउने फाइदाको बारेमा कुरा गर्न चाहन्छु।। बिश्वमा यती खेर मौलाइ रहेको दु:ख , कष्ट बारे सबैलाई अवगतनै बिश्व अन्त्यको नजिक आएको होकि भन्न् पनि नमिल्ला जस्तो लागेन यती हामी सचेत रहेनौ भने।। येस्तो भइ पर्दो दु:ख आई हाल्यो अब LOCKDOWN गरेर घर बस्नु बाइक अरु कुनै उपाए पनि हामी संग छ जस्तो लग्दैन जे होस घरमै बसे भोलीको उदाउदो सुर्य हेर्न पाइन्छ भन्ने आश गरे हुन्छ अब नत्र उहीँ चीन , इटाली अनि अमेरिका जस्तो न हुइएला भन्न सक्दिन।।
बिश्व यो चरम अवस्थामा आई पुग्दा अर्थतन्त्रको त कुरै न गरौं का हो का तल खसी सक्यो अनि कुरा गरौं हाम्रो देश नेपालको येसै हाम्रो देशको अर्थतन्त्र कसि लाग्दो छ न नेताले लुटेर हो न जनता आफैमा फुटेर तर जे होस यो कोरोना भाइरसले त झन् नेपालको अर्थतन्त्र स्वतै नघटाउला भन्न सकिदैन।।साबधानी अपनाइएला कोरोना भाइरसको जोखिम सकिएला अनि अर्थतन्त्रमा पुरै गिरावट भएको देशले अब जनता कसरी पाल्ने?? यो प्रश्नतर्फ ध्यान केन्द्रित गर्ने होकि , ठिकै छ न देशले लुट्यो न जनतानै फुट्यो तर देशको ढुकुटी त लगभग खालीनै सरह भयो अब सरकारले के सोचेको छ कि कोरोना भाइरसले जसो तसो बाचिएछ भने तै गरिब मोरो लाई पेल्नु पर्छ भन्ने सोची रा छन् कि रेमिटेन्सले चल्ने यो देशमा अब खुन र पसिनासंग निर्थुक भिजेको त्यो बिदेशिएका नेपाली युवालाई लुट्ने सोचेको छ।।
बस अब यो केही सोच्ने होईन केही सुनौलो र नयाँ सोच्ने बेला आएको छ त्यो के हो त भन्ने कुरा मैले माथिनै अवगत गराई सके , बिश्व बाजरलाई हेर्ने हो भने नेपाल सरकारले अब केहि न सोची गाँजा खेतीमा जोड दिए हुन्छ तर पख्नुस के नेपालमा मैले भने जस्तै गाँजा खेती गर्न सहज छ होला त पक्कै पनि वातावरणको अनुकूलता हेर्ने हो भने नेपाल गाँजा खेती बाट यो देश धनी न होला भन्न सकिदैन तर देशको युवा जनशक्तिले एस्को नकारात्मक प्रयोग गर्ने चरम खतरा पनि त बड्न सक्छ तेसैले नेपाल सरकारले नेपाली युवा भावी देशका कर्णधार भन्ने कुरा ध्यान रख्दै लुट्न मात्र होइन आवस्यकता अनुसारको नियम र कानुन बनाएर गाँजा खेतिलाई बैकल्पिक उर्जाको रुपमा लिएर अगि बड्ने हो भने देशको रित्तिदै गएको ढुकुटी गरिबको पसिनाको मोल नगरी भर्न सकिन्छ कि। (note : माथि उल्लेखित सबै कुरा कसैको व्यक्तिगत विचार हुन् )
Views: 0