विजयनगरको क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या बढ्दै, ५६ जना थपिए

२०७७ बैशाख १६, मंगलवार २१:४८ गते २०७७ बैशाख १६, मंगलवार २१:४८ गते २०७७ बैशाख १६, मंगलवार २१:४८ गते

बैशाख १६ –विजयनगरविजयनगर गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या बढ्दै गएको छ । गएको १० गतेसम्म ४९ जना मात्र क्वारेन्टाइनमा बसेका थिए । एक हप्ता नबित्दै मंगलवारसम्म ५६ जना थप भएका छन् । गुगौलीमा पुरुष ७, महिला ८ र बच्चा ४ गरी १९ जना, गणेशपुरमा महिला ११, पुरुष २८ र बच्चा ११ गरी ५० जना र प्रेमनगरमा पुरुष १५ महिला ११ र बच्चा १० गरी जम्मा १ सय ५ जना भएका हुन् ।

विजयनगरमा अधितम १ सय ७७ जना व्यक्ति क्वारेन्टाइनमा बस्ने भएका थिए । क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या विस्तारै घट्दै गईरहेको बेला हप्ता दिनमै तीव्र बृद्धि भएको गाउँपालिका स्वास्थ्य प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।  अधिकांश भारतबाट र गाउँपालिका बाहिरबाट आएको नागरिकलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो । आज ३ जनाको ¥यापिड टेस्ट गरी घर पठाइएको बताउनुभयो । अहिले सबैको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *