कपिलवस्तु महाराजगन्ज वडा न.०६ मा राहत वितरण

२०७७ बैशाख १६, मंगलवार २३:११ गते २०७७ बैशाख १६, मंगलवार २३:११ गते २०७७ बैशाख १६, मंगलवार २३:११ गते

कृष्ण कुमार यादव/सम्बाददाता कपिलवस्तु ,१६ बैशाख कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा न ं ०६ का वडा अध्यक्ष हेमन्त कुमार चौधरीकाे नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ११.०० बजे बाट सुरु गरिएको थियो । राहत वितरण कार्यक्रम मा वडा अध्यक्ष हेमन्त कुमार चौधरी , वडा सदस्य कल्लु मुराउ,प्रभावती चाैधरी , करकतुल्ला मुसलमान , ज्ञानमती रैदास,वडा सचिव ध्रुब कुमार चाैधरी र सबै पार्टीका प्रतिनिधि हरुले सर्वदलीय बैठक बसी मा पार्टीका प्रतिनिधि नेकपा का शिव पुजन यादव , समाजवादी फोरम का विनोद कुमार सिंह , राजपा का बिक्रम बढ़ाई र नेपाली कंग्रेस का राम सिंह चौधरी हरु बाट तयार गरिएको
नामावलीहरु काे अाधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष हेमन्त कुमार चौधरीले जानकारी दिनु भएको छ । वडा काे सबै गाउँमा अाज रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भाेली पनि वितरण गर्ने अध्यक्ष चौधरीले बताउनु भयो । महराजगंज नगरपालिक वडा नं ०६ का मा ३ सय ३१ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , सन फलावर (तेल) १ लिटर राहत सामाग्री वितरण गरिएको छ । अध्यक्ष चौधरीकाे अनुसार महाराजगन्ज नगरपालिका भित्र का सबै वडा लाई राहत वितरण गर्न काे लागि ५ लाख रुपैया दिइएको बताउनु भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *