प्रदेश अनलाइन खबर। बैशाख १६, चितवन । लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा युवा उद्यमी , व्यवसायी एवं लोकमान एण्ड सन्सका सञ्चालक निलेनमान शाक्य चयन भएका छन् । क्लबको आज (मंगलबार) सम्पन्न १३ औं अधिबेशनले शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।क्लबको प्रथम उपाध्यक्षमा अस्मिन घिमिरे, द्दितिय उपाध्यक्षमा कमल बहादुर पौडेल, तृतिय उपाध्यक्षमा बिक्रम सापकोटा चयन भएका छन् ।
यस्तै क्लबको सचिवमा शोभाकर अधिकारी र कोषाध्यक्षमा सुदर्शन पौडेल चयन भएका छन् ।अन्य पदाधिकारी र सदस्यहरु भने पछि चयन गर्दै लगिने नवनिर्र्र्वािचत अध्यक्ष शाक्यले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण जारी लकडाउनलाई मध्यनजर गर्दै अनलाइनबाट नै अधिवेशन गरिएको उनले बताए । अध्यक्ष भएसंगै सबैसंँग समन्वय गरी क्लबलाई उचाईमा पुरयाउने शाक्यको भनाई छ । शाक्य विभिन्न सामाजिक संस्था लगायत अन्य संस्थामा समेत सक्रिय हुँदै आएका छन ।
Views: 0