अर्गानिक स्यानिटाइजरको उत्पादन अब नेपालमै

२०७७ बैशाख १८, बिहीबार ०८:५५ गते २०७७ बैशाख १८, बिहीबार ०८:५५ गते २०७७ बैशाख १८, बिहीबार ०८:५५ गते

प्रदेश अनलाइन खबर। काठमाडौं १८ बैशाख।  कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको छ। नवजीवन नियोग प्राकृतिक उपचार केन्द्र–गोठाटारकी संस्थापक सामाजिक अभियन्ता फिजियोथेरापिष्ट सुनिता भट्टराईको अगुवाईमा अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य प्रारम्भ भएको हो। काठमाडौंको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा फिजियोथेरापिष्ट सुनिता भट्टराईको प्राकृतिक उपचार केन्द्रमा नै कर्मशील समाज नेपालको अगुवाइमा प्राकृतिक अर्गानिक स्यानिटाइजर उत्पादन हुन थालेको हो। दैनिक २० लिटर स्यानिटाइजर उत्पादन गर्ने गरेको जानकारी फिजियोथेरापिष्ट भट्टराईले जानकारी दिएकी छिन् ।

अर्गानिक एल्लोबेराको प्रयोग गरेर बनाइएको प्राकृतिक स्यानिटाइजरले कुनै साइडइफेक्ट नहुने भएकोले सर्वसाधारणका लागि अतिउपयोगी भएको जिकिर फिजियोथेरापिष्ट भट्टराईको छ। मूलपानीमा रहेको कागेश्वरी मनहरा अस्पताल लगायत सर्वसाधारणहरुलाई निःशुल्क वितरण गरिएको यस प्राकृतिक स्यानिटाइजर हाललाई व्यापक मागलाई मध्यनजर गरेर सामान्य शुल्क लिएर वितरण गर्ने कार्य भएको पनि फिजियोथेरापिष्ट भट्टराईले भनेकी छन्। यस प्र्राकृतिक स्यानिटाइजरले कोरोनाभाइरसको संक्रमणलाई केही हदसम्म भएपनि नियन्त्रण गर्न सहयोग गर्ने कार्य भएको अर्का थेरापिष्ट सरोज शर्माको दावी रहेको छ। थेरापिष्ट शर्माले स्यानिटाइजरको अभावको बेला घरैमा उत्पादन भएको अर्गानिक स्यानिटाइजर प्रयोग गर्नपनि अनुरोध गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *