चैतको घरभाडा मिनाहा भए/नभएको अनुगमन तुरुन्तै गरिने

२०७७ बैशाख १८, बिहीबार १८:४८ गते २०७७ बैशाख १८, बिहीबार १८:४८ गते २०७७ बैशाख १८, बिहीबार १८:४८ गते

१८ चैत, काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो ।

त्यसको कार्यान्वयन भए-नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ । सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।अनलाइन खबरबाट साभार 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *