कोरोना भाइरस नेपाल: थप १० जनामा सङ्क्रमण पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या ६९

२०७७ बैशाख २१, आईतवार १८:०१ गते २०७७ बैशाख २१, आईतवार १८:०१ गते २०७७ बैशाख २१, आईतवार १८:०१ गते

आइतवार थप १० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको सरकारले पुष्टि गरको छ।योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।प्रदेश नं ५ को बाँके जिल्लामा नेपालगन्जमा नौ र प्रदेश नं २ को पर्सा जिल्लाको वीरगन्जमा एक गरी कुल दश जनामा कोभिड-१९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।को हुन् सङ्क्रमित व्यक्ति? वीरगन्जमा ३६ वर्षीय पुरुषमा र नेपालगन्जमा पाँच पुरुष र चार महिलासहित नौ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उनीहरू सातदेखि ५८ वर्ष उमेरका रहेको जानकारी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा दिए।

नेपालगन्जमा फेला परेका नौ सङ्क्रमितलाई उपचारका लागि अस्पताल लगिने उनले बताए।मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ वटा परीक्षण गरिएको छ भने द्रुत परीक्षण विधिमा आरडीटी किट प्रयोग गरेर ४९,६८८ वटा परीक्षण सम्पन्न भएको छ।गत २४ घण्टामा १,४७९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।अहिले देशभरि २१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना आईसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै रहेको जानकारी पनि उनले दिए।क्वारन्टीनमा प्रदेश नं ५ मा सर्वाधिक र वाग्मती प्रदेशमा सबैभन्दा कम मानिस छन्।अहिले आईसोलेशनमा भएका ७७ जनामध्ये काठमाण्डू उपत्यकामा चार जना भएको मन्त्रालयले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *