प्रतिमा विश्वकर्मा/कपिलवस्तु सम्बाददाता, कृष्णनगर,२१ चैत्र इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टी का प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्य ले हाम्रो लागी खटेका छन् ।उक्त अवस्था लाई मध्यनजर गर्दै आज प्रेस कल्ब आफ कृष्णनगर लाई मास्क ग्लोबस् र सेनिटाइजर हस्तांतरण गरिएको कुरा यूवा नेता अकरम पठानले जानकारी दिए साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उक्त मास्क हस्तांतरणमा पत्रकारहरू को उपस्थित रह्यो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *