कपिलवस्तुको सिमाक्षेत्रमा भारतीय औषधिको तस्करी बढ्याे

२०७७ बैशाख २१, आईतवार २१:४५ गते २०७७ बैशाख २१, आईतवार २१:४५ गते २०७७ बैशाख २१, आईतवार २१:४५ गते

प्रिन्स मिश्रा , कपिलवस्तु ,बैशाख २२ ।लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध भारतीय औषधिको तस्करी बढ्दै गएकाे छ।  जिल्लाकाे कृष्णनगर , बढ्नी कुशवहा सिमा क्षेत्र हुँदै नेपालमा प्रतिबन्धित भारतीय औषधि आज महराजगंज नगरपालिका ७ सतभराका स्थानियहरु एक लाख बराबरकाे अाैषधि समातेर प्रहरीलाई बुझाएका छन । महाराजगन्ज नगारपालिकाकाे काेटिया बढनी सिमा हुँदै अवैध अाैषधि भित्रिदै गरेकाे अवस्थामा हिजाे राति अाठ बजे गाउंलेहरु समातेर इलाका प्रहरी कार्यालय कृष्णनगर लाई बुझाएका छन।

काेराेना संक्रमणका कारण भारतसंगकाे सिमा लक भएकाले चाेरबाटाे हुँदै अवैध अाैषधिकाे तस्करी माैलाएकाे स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने अाैषधिहरु जिल्लाका महराजगंज, बुटहनिया,कृष्णनगर ,चन्द्राैटा र ताैलिहवासम्मका क्लिनिक एवं पसलहरुमा सप्लाई हुँदै अाएकाे जानकारी पाईएकाे छ। भारतसंगकाे सिमामा लकडाउन अवधीदेखि सशस्त्रकाे नया चेकपाेष्ट बनाइएकाे छ तर रातिकाे समयमा तस्करहरु खेतकाे डिल तथा नदीकाे किनाराकाे छेउ समाउदै नेपालमा अाैषधि लगायत अन्य समान अाेसार पाेसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।  खुल्ला सिमाना रहेकाले अाैषधि तस्करी र मान्छे अाेहर दाेहर राेक्ने सम्भव प्रयास गरिरहेकाे सशस्त्र प्रहरीका नायब उपरिक्षक सुशील शाही ले बताउनुभयाे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *