नेपाल पत्रकार महासंघ रौतहटका सचिव सहितका पत्रकारलाई प्रहरीद्वारा दूर्व्यवहार

२०७७ बैशाख २२, सोमबार ०८:२४ गते २०७७ बैशाख २२, सोमबार ०८:२४ गते २०७७ बैशाख २२, सोमबार ०८:२४ गते

प्रदेश अनलाइन खबर। नेपाल पत्रकार महासंघ रौतहटका सचिव सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ । समाचार संकलन गर्नका लागि गौरबाट चन्द्रनिगाहपुर आएका सचिव गौतम श्रेष्ठ सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक नितेश सिंहले गौरबाट आएका पत्रकार टोलीलाई दुव्र्यवहार गरेको सचिव गौतम श्रेष्ठले जानकारी दिए । भरतिय नम्बर प्लेटको स्कार्पियोमा सवार पत्रकार टोलिलाई चन्द्रपुर नगरपालिका ६ बजारमा प्रहरीले रोकेर दुव्र्यवहार गरेको पत्रकार महासंघका पुर्व अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिएका छन् । युपी बिहार बाट भारतिय नम्बर प्लेटको ट्रकमा दिनहु कोईला रौतहट भित्रिदा पनि प्रहरीले चासो नलिएको तथा समचार संकलन गर्ने पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेकोमा पत्रकार महासंघका पुर्व उपाअध्यक्ष अशोक पहाडीले आपत्ती जनाएका छन् । पछिल्लो समय रौतहट प्रहरीले जनताहरुलाई समेत दुव्र्यवहार गर्दै आएको छ । आवश्यक खाध्यान्न किनमेल गर्न बजारमा निस्केको जनताहरुलाई लठि चार्ज गरेर शरिरमा निल डाम उठाएको गुनासो सुनिदै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *