काठमाडौं २४ बैशाख सत्तारुढ नेकपाको सचिवालय बैठकमा विवाद देखिएको छ । शनिवारको सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयनका विषयमा प्रधानमन्त्री केपी ओली र अन्य सदस्यबीच मतभेद भएको हो । मतभेद भएपछि प्रधानमन्त्री ओली बैठकस्थलवाट बाहिरिएका छन । भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो। प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको थिए। सहमति जुटाउनका लागि अर्का अध्यक्ष र प्रधानमन्त्री ओलीविच दिनभर भएका छलफल निस्कर्षमा पुग्न सकेका थिएनन ।
प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने अडान राखेको बताइएको छ । त्यसमा दाहाल लगायतका बहुमत सदस्य सहमत भएका छैनन । स्थायी कमिटी बैठक भने भोली विहानका लागि बोलाइसकिएको छ । पछिल्लो समय सरकारले २ वटा अध्यादेश ल्याएपछि बढेको विवादसँगै नेकपामा स्थायी कमिटि बैठकको माग हुँदै आएको थियो । केही दिनअघि २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठकको माग गर्दै दुबै अध्यक्षलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।
Views: 0