न्यौपाने दाजु-बहिनीद्धारा मध्यविन्दु ७ अम्रसामा राहत सहयोग ।

२०७७ बैशाख २७, शनिबार १९:३१ गते २०७७ बैशाख २७, शनिबार १९:३१ गते २०७७ बैशाख २७, शनिबार १९:३१ गते

प्रदेश ५ सम्बाददाता/बसन्ती कंडेल, मध्यविन्दु नगरपालिका वडानम्बर ७ अम्रसाका आज ३० घर अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय समाजसेवी धुव्र न्यौपाने र उहाकी बहिनी सिता न्यौपानेको आर्थिक सहयोग वडाध्यक्ष अमृत ज्ञवालीको रोहबहरमा अम्रसाका ३० घर अतिविपन्न परिवारलाई राहत वितरण गरेका हुन।

न्यौपाने दाजुबहिनीहरुले राहत स्वरुप प्रत्येक परिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन, र २ वटा साबुन प्रदान गरेका छन । लामो समयको लकडाउनका कारण ज्यालामजदुरी गरीखाने परिवारमा परेको प्रभावलाई मध्यनजर गर्दै ती परिवारहरुलाई राहत वितरण गर्नु सरकार मात्र जिम्मेवारी नभई सबैले आआफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक रहने समाजसेवी धुव्र न्यौपानेले बताए । साथै अबका दिनमा विपन्न परिवारका रोजीराटीको लागि रोजगारीको सृजनामा पनि सरकारले पहल गर्नुपर्ने समाजसेवी सिता न्यौपानेले बताउनुभयो ।

सो अवसरमा वडानम्बर ७ का वडासदस्य कमल महतोले लकडाउनका कारण मारमा परेका परिवारलाई यसरी व्यक्ति गत रुपमा राहत उपलब्ध गराई सहयोग गरेकोमा न्यौपाने परिवारका दाजुबहिनीलाई धन्यावाद व्यक्त गर्नुभयो । राहत वितरण गर्नुहुने सीता न्यौपाने न्युज २४ का पत्रकार हुन भने दाजु वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका हुन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *