रुपैयाँ र अवैध लागूऔषध सहित ३ जना पक्राउ ।

२०७७ बैशाख २८, आईतवार १७:०२ गते २०७७ बैशाख २८, आईतवार १७:०२ गते २०७७ बैशाख २८, आईतवार १७:०२ गते

काठमाडौं, २८ वैशाख – सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ नहर चोकबाट नियन्त्रित लागूऔषध ट्रोमाडोल ३ हजार ८ सय ४० क्याप्सुल, डाईलेक्स डिसि ४ बोतल, नगद ७४ हजार २ सय १० रुपैयाँ र मोबाइल ३ थान सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका-३ फुलचोक बस्ने राज कुमार मण्डल, धरान उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय अजय श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय अर्जुन कार्की रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मण्डलले हाँकेको प्रदेश १-०२-०४०-प.५३२७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध फेला पारी लागूऔषध खरिद गर्न को.२२ प.७३५३ नम्बरको मोटरसाइकलमा आएका श्रेष्ठ र कार्कीलाई समेत पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-६ बस्ने ३२ वर्षीया फुलमाया तामाङलाई अवैध लागूऔषध गाँजा ८० केजी सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङको घरमा लागूऔषध गाँजा लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । धनुषा, कमला नगरपालिका-२ माचि बस्ने ५२ वर्षीय बहुरी गडेरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा वेचविखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी धनुषा, नगराईन नगरपालिका-२ जनकपुर जटही बस्ने २० वर्षीय रामबाबु भिनवारलाई नियन्त्रित लागूऔषध ईक्सीप्लोन १ सय एमएलको ३० बोतल र स्पास्मो प्रोक्सीनभोन पल्स १ सय २० क्याप्सुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रामबाबुले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत: Nepal_Polive

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *