विजयनगरमा ५० जनामा गरिएको पिसिआर परिक्षण “नेगेटिभ”

२०७७ बैशाख ३१, बुधबार ११:२९ गते २०७७ बैशाख ३१, बुधबार ११:२९ गते २०७७ बैशाख ३१, बुधबार ११:२९ गते

बैशाख ३१ गते –विजयनगर, कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।
आज बिहान ६ बजे आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका नजिकै रहेको दशगजा क्षेत्रमा उनीहरुलाई राखिएको थिथो । त्यस्तै सोमवार २९ गते सोही स्थानबाट २६ जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण भइरहेको थापाले बताउनुभयो । सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै सुम्पूर्ण नागरिकलाई नअत्तिन र लकडाउनको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अनुरोध गर्नुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *