रामलाइ किन मर्यादा पुरुष भनियो ?

२०७५ आश्विन १५, सोमबार ०५:४१ गते २०७५ आश्विन १५, सोमबार ०५:४१ गते २०७५ आश्विन १५, सोमबार ०५:४१ गते

रामलाइ किन मर्यादा पुरुष भनियो ?राम र मर्यादा

हिन्दु ग्रन्थहरु मध्ये रामायण र माहाभारतका कथा नसुन्ने कमै होलान। पढेर होस, या टिभि मै किन नहोस, या अन्यले सुनाएका कथाबाट भएपनि मर्यादा पुरुष रामको बारेमा त झन थाह नहुने कुरै भएन।

वाल्मिकी ऋषि

वाल्मिकी द्वारा लिखित रामायणका प्रमुख पात्र हुन राम। विष्णु भगवानका सातौं अवतारका रुपमा रामले जन्म लिएका थिए। कौशल्या र दशरथका जेष्ठ पुत्रको रुपमा अयोध्यामा जन्मेका राम आफ्नो सौताने आमाको हठको कारण १४ वर्षको वनबास जान बाध्य भएका थिए।

रामको यो कहानी भागवत पुराणमा पनि उल्लेख गरिएको छ। साथै महाभारत ग्रन्थमा पनि रामको प्रसंग पटक पटक जोडिएको पाइन्छ।

रामायणमा राम र सीताको प्रेम कहानी पनि निकै प्रसिद्ध छ। लक्ष्मीको मानव अवतार सीता, अनि विष्णुको मानव अवतार राम बीचको प्रेम र सिता हरणको विषयलाइ नै लिएर रामायणका पृष्ठ भरिएका छन्।

रावण द्वार सीता हरण भएपछि भौँतारिएका रामलाइ हनुमान, शुक्रिव लगाएत वानर सेनाले मद्धत गरेको कुरा निकै रोमान्चक छ। लंका जान रामले ढुङ्गामा ‘राम’ नाम लेखेर सेतु बनाएका थिए।

राम लेखेको ढुङ्गा नडुबि समुन्द्रमा उत्रेको प्रसंग रामायणमा पाइन्छ। रावण माथी विजय पश्चात सीतालाइ अग्नि परिक्षा लिन लगाइएको घटना निकै प्रख्यात छ।

‘राम सेतु’ माथी बाट हेर्दा अहिले पनि देखिन्छ

रामले सीताको पवित्रता जाँच्नको लागि अग्नि परिक्षा लिन लगाएको घटनाले रामको ‘मर्यादा पुरुष’ स्वभावलाइ भने शोभा नदिएको चर्चा पनि गर्ने गरिन्छ। यदि पवित्रताकै कुरा गर्ने हो भने रामले पनि सीता संगै अग्नि परिक्षा दिनु पर्थ्यो। तर पुरुषवादी समाजमा नारीलाइ मात्र झुक्नु पर्ने वातावरण सिर्जना गर्नमा राम पनि सहभागी भए। तर यहि प्रसंगमा अर्को कथा पनि छ।

केही कथा अनुसार, रामले सीतालाइ हरण हुनु पहिल्यै सुरक्षाको लागि अग्निको जिम्मा दिएको पनि प्रसंग जोडिन्छ। रावणले त सीताको छाँया मात्र हरण गरेका थिए। रावणबाट छुटाइ सकेपछि लिइएको अग्नि परिक्षा त केवल वास्तविक सीतालाइ अग्निबाट माग्नको लागि घटाइएको पनि कथाहरुमा पाइन्छ। यो सबै रामले सीतालाइ बचाउनको लागि रचेको जाल भित्र पर्दछ

लव-कुश

लव-कुश तर यो कथा यहीँ टुङ्गदैन। पुरुषवादी समाजकै प्रतीक रुवरुप सीतासंग अर्को एक घटना पनि घट्यो। सीतालाइ रावणबाट छुटाएर दरबार पुर्याए पछि मानिसहरुले कुरा काट्ने थाले। चलेका कथा अनुसार एक व्यक्तिले ‘म राम हैन अर्को सँग गएकीलाइ फेरी भित्र्याउने’ भनि आफ्नो पत्निसंग गरेको झगडा रामसम्म पुग्छ।

कुल र राजसंस्थाको इज्जत जोगाउन भन्दै सीतालाइ फेरी दरबारबाट निकालिन्छ। गर्भवति अवस्थामा भएकी सीताले पुरुषप्रधान समाजको अर्को झड्का बेहोरछिन। तर राम सीता संग वनमा जाँदैनन्।

राज्यमा भने राम निकै सफल राजा मानिन्थ्ये, सबैका प्रिय थिए उनी। मानिसहरु उनको गुणको गुणगान गाउँथे। रावण माथी विजय प्राप्त गरेकै दिनलाइ लिएर अहिले पनि राव नवमी मनाइन्छ। रामकै नामबाट धेरै मानिस तथा ठाँउको नामाकरण पनि गरिएको छ। त्यसै मर्यादा पुरुष कहलिएका हैनन, राम बाट सिक्नु पर्ने कुराहरु धेरै छन् ।

mechikalikhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *