राम प्रघट कोरी/कपिलवस्तु सम्बाददाता, जेष्ठ ५ –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा ४५ जना मध्ये ३० जनामा सोमवार पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जेठ २ गते ४५ जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएको थियो । जसमा ३० जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ । बाँकी १५ जनाको स्वाब परिक्षण भइरहेको बताउनुभयो । भीम अस्पताल भैरहवामा उपचारको क्रममा एक जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाको वडा नं. ६ मा रहेको रामशरण आधारभूत विद्यालय जुडपानीको क्वारेन्टाइनमा ४५ जनाको स्वाब संकलन गरिएकोे थिथो । अहिलेसम्म विजयनगरमा १ सय २१ जनाको स्वाब संकलन भई परिक्षण गरिएको छ । जसमा १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
Views: 0