सञ्चारकर्मी र समाजसेवीले  ७५ घरपरिवारलाई राहत वितरण ।

२०७७ जेष्ठ ७, बुधबार २१:३३ गते २०७७ जेष्ठ ७, बुधबार २१:३३ गते २०७७ जेष्ठ ७, बुधबार २१:३३ गते

जेठ ७,काठमाडौं। कोराना भाईरस संक्रमण त्रासका कारण बिहान बेलुकी छाक टार्न गार्‍हो परिरहेका अवस्था लकडाउनका कारण भोकभाकै बन्न थालेकाहरुका लागि युवा समाजसेवी सुमन्त झा को बिशेष पहलमा बुढानिलकण्ठ नगरपालिका वडा नंबर ३ का मनकारी दाताहरु समिप गुरुङ,शान्तराज गुरुङ र नवोदिता गुरुङको सहयोगवाट डिजिटल खबर डटकम र न्यूजलाइन्स नेपाल डटकमको सहकार्यमा कोरोना प्रभावित परिवारलाई राहत वितरण भएको छ। काठमाडौंको बसोबास गरिरहेका अति बिपन्न समस्यामा परेका अपाङ्गता,असाय,गरिब,बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ। ७५ घरपरिवारलाई आफूहरुले राहत वितरण गरेको आयोजक मध्येका एक डिजिटल खवर डटकमका सञ्चारकर्मी जीवन शर्माका अनुसार कालिमाटी सोल्टीमोडस्थित आमाघरमा आश्रित ३५ जना बृद्धाआमाहरुका अलावा बालाजु गोगंबु, सुकेधारा तथा भक्तपुर लोकन्थलीमा रहेका अपाङ्ग तथा विपन्न वर्गलाई राहत प्रदान गरिएको बताए।

७५ घरपरिवारलाई मनकारी गुरुङ परिवारको सहयोगवाट राहत उपलव्ध गराउने कार्यमा भिजन संसार डटकमका सम्पादक श्याम स्मृत,स्वर्गिय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल समाजसेवी नबिना खड्का ,नामी साप्ताहिकका नारायण देवान तथा अपाङ्ग मैत्री नेपालका अध्यक्ष काजिलाल श्रेष्ठ को सहभागिता रहेको थियो। बितरण सामाग्री हरूमा आमा घरको लागि चामल १५० केजी ,दाल १० केजि,तेल, १ काटुन आलु १० धानी,चिउरा १०केजी ,नुन १० केजी १० पाकेट म्सयाैरा रहेको छ।

अन्य परिवारलाई चामल १५ केजी,दाल २ केजि,नुन एक पाकेट,तेल म्सयोरा ,चिउरा लगाएत दैनिकी सामाग्री हरू रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *