यही हो सबै अतिक्रमित भूमि फिर्ता ल्याउन उपयुक्त समय : पुरा पढ्नुहोस।

२०७७ जेष्ठ ९, शुक्रबार २०:४४ गते २०७७ जेष्ठ ९, शुक्रबार २०:४४ गते २०७७ जेष्ठ ९, शुक्रबार २०:४४ गते

काठमाडौं, जेठ ९ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै अन्य स्थानमा मिचिएका नेपाली भू–भाग पनि फिर्ता ल्याउनुपर्नेमा जोड दिन थालिएको छ ।छिमेकी देशले अतिक्रमण गरेका नेपालका सबै भू–भाग फिर्ता ल्याउन अहिले नै पहल लिनुपर्ने सुझाव सीमाविद्हरुले दिएका छन् ।भारतबाट अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भू–भाग समेटेर नयाँ नक्सा जारी गरेसँगै सिंगो देश सरकारको समर्थनमा देखिएको छ ।

नेपाली भू–भाग समेटेर नयाँ नक्सा जारी गरेपछि अतिक्रमित अन्य भू–भाग एकैसाथ फिर्ता ल्याउन सरकारले किन ध्यान नदिएको होला भनेर चिन्ता गर्न थालिएको छ ।नेपालको २३ जिल्लाका ७१ ठाउँमा ६०० वर्ग किलोमिटरभन्दा बढी भू–भाग अतिक्रमणमा परेको दाबी हुँदै आएको छ ।अहिले ३३५ वर्गकिलोमिटर अतिक्रमित नेपाली भू–भाग समेटेर नयाँ नक्सा जारी भएको छ । नयाँ नक्साले त्योभन्दा बढी अतिक्रमित नेपाली जमिन समेट्न नसकेको बताइन्छ ।भारत दबाबमा परेको यो बेला यी सबै अतिक्रमित नेपाली भू–भाग फिर्ताका लागि पहल लिनु उपयुक्त हुने ठान्छन्, अध्येताहरु ।

उसो त नेपाल र भारत संयुक्त सीमा कार्यदलले ९८ प्रतिशत सीमा समस्या समाधान गरिसकेको दाबी गरिन्छ ।विवाद मिलिसकेको भनिएपनि अतिक्रमित भूमि नेपालले पायो कि पाएन भनेर एकीन गर्ने यो उपयुक्त मौका हो ।सीमा विवादको समाधान किस्ता–किस्तामा होइन, एकमुस्ट खोजिनुपर्दछ । किनकि, अहिले भारत नेपाली भूमि फिर्ता गर्न तयार भएन भने यो मुद्दा अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ ।हो, सिंगो देशको आड पाएको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरामात्र होइन, छिमेकी राष्ट्रबाट अतिक्रमित सबै भूमि फिर्ता गर्न एकसाथ पहल गर्नुपर्दछ । यो नै सीमा विवाद समाधानको उपयुक्त समय हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *