मनिषाको पक्षमा गगन थापाले सुषमा स्वराजका पतिलाई दिए यस्तो जवाफ

२०७७ जेष्ठ ९, शुक्रबार २१:५३ गते २०७७ जेष्ठ ९, शुक्रबार २१:५३ गते २०७७ जेष्ठ ९, शुक्रबार २१:५३ गते

एजेन्सी। सांसद गगन थापाले मनिषा कोइरालाको ट्विटमा आपत्ति जनाएका भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजका पति सुब्रमन्यमलाई लामो जवाफ फर्काएका छन्।सो जवाफमा थापाले अभिनेत्री कोइरालाले भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक लगायत भूभाग अतिक्रमण गरेको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ भनेर किन भन्नुपरेको हो भनी सप्रसंग व्याख्याा गरेका छन्।नेपाली भूभाग लिपुलेकबारे भारत र चीनले सन् २०१४ मा नेपाललाई नै थाहै नदिई भारत र चीनको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भनी सम्झौता गरेका कारण चीन समेत यो मामिलामा जोडिने बताएका छन्।सुषमा स्वराजका पति स्वराजले मनिषाले यो द्विपक्षीय मामिलामा चीनलाई जोडेको भनी आपत्ति जनाएका थिए।सांसद थापाले सोहि सहमतिबाट अघि बढ्दै भारतले अहिले सडक निर्माण र उद्घाटन गरेको बताएका छन्।थापाले आफू प्रतिपक्षी कांग्रेस पार्टीको भएतापनि नयाँ नक्शा जारी गर्ने सरकारको कदममा आफ्नो पार्टी लगायत नेपालमा सबैको साथ रहेको बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *