काठमाडौं– संक्रमणदर तिब्र गतिमा फैलिए पनि कोरोनाबाट हुने मृत्युदर भने घटेको छ ।दिनहुँ चारदेखि छ हजारसम्मले कोरोनाका कारण ज्यान गुमाइराखेको अवस्थामा आइतबार यो दर स्वाट्टै घटेको हो । आइतबार कोरोनाबाट २ हजार ८ सय २६ जनाको मात्रै मृत्यु भएको छ ।यो संख्या ठ्याक्कै दुई महिना अघिको हाराहारीको हो । मार्च २५ मा २ हजार ५ सय ८९ जनाको मृत्यु भएको थियो । त्यसयता लगातार बढेको मृत्युदर आइतबार घटेको हो ।शुक्रबार ५ हजार २ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । शनिबार १ हजार ६९ ले घटेर ४ हजार १ सय ८३ जनाको मृत्यु भयो ।
शनिबारको तुलानामा आइतबार १ हजार ३ सय ५७ ले घटेर २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ६ सय १४ जना संक्रमित थपिदा ६ सय १७ जनाको मृत्यु भएको छ । शनिबार १ हजार ३६ जनाको मृत्यु भएको थियो ।ब्राजिलमा १६ हजार २ सय २० जनामा संक्रमण पुष्टि हुँदा ७ सय ३ जनाको मृत्यु भएको छ । शनिबार ९ सय ६५ जनाको मृत्यु भएको थियो ।पछिल्लो २४ घण्टामा रुसमा ८ हजार ५ सय ९९ जना संक्रमित थपिदा १ सय ५३ जनाको मृत्यु भएको छ ।बेलायतमा २ हजार ४ सय ५ जनामा संक्रमण पुष्टि हुँदा १ सय १८ जनाको मृत्यु भएको छ । इटालीमा ५ सय ३१ जना संक्रमित थपिदा ५० जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ सय ८२ जनामा संक्रमण पुष्टि हुँदा ७४ जनाको मृत्यु भएको छ । फ्रान्समा १ सय १५ जनामा संक्रमण देखिदा ३५ जनाको मृत्यु भएको छ ।भारतमा भने शनिबारको तुलानामा आइतबार संक्रमण र मृत्युदर दुबै बढेको छ । शनिबार ६ हजार ६ सय २९ जनामा संक्रमण देखिएको थियो भने आइतबार ७ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा कोरोनाबाट शनिबार १ सय ४२ जनाको मृत्यु भएको थियो भने आइतबार १ सय ५६ जनाको मृत्यु भएको छ ।२ सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५४ लाख ५ हजारभन्दा बढि संक्रमित भएका छन् ३ लाख ४४ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ ।एजेन्सी।
Views: 0