‘पाल्न सक्दिनँ भन्ने सोचेर जन्मिनासाथ मारिदिएँ !’

२०७७ जेष्ठ १३, मंगलवार १९:३९ गते २०७७ जेष्ठ १३, मंगलवार १९:३९ गते २०७७ जेष्ठ १३, मंगलवार १९:३९ गते

काठमाडौं, १३ जेठ : संसारमा बच्चाको लागि आमा भन्दा ठुलो कोही हुँदैन् तर, जन्म दिने आमा नै काल बनिन् । सोमबार दिउँसो भक्तपुर प्रहरीको टोली सूर्यविनायक नगरपालिका ५ घलाँतेको एउटा घरमा पुग्यो ।लकडाउनको समय छ, घरनजिकै शिशुको श’व कुहिएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी घ’टनास्थल पुगेको थियो । प्रहरीले घरको करेसाबारीमा कुहिन लागेको बच्चीको श’व भेटायो ।कसको बच्चा हो भन्ने सोधखोज हुँदा त्यही घरमा डेरामा बस्ने रमिला राई सुत्केरी भएको खुल्यो ।

उदयपुर घर भएकी रमिला सूर्यविनायक क्षेत्रमा मजदुरी गर्थिन् । केही दिनअघि उनले छोरी जन्माएकी थिइन्।आफूले जन्माएकी छोरीलाई नै मारेर फालेको खुलेपछि प्रहरीले रमिलालाई पक्राउ गरेको छ । उनले बच्चाको किन ह’त्या गरिन् भन्ने अनुसन्धान भइरहेको छ। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीका अनुसार रमिला केही वर्षअघि काठमाडौं आएकी थिइन् ।ढलान मजदुरको काम गर्ने उनको सँगै काम गर्ने उदयपुरकै मिलन मगरसँग प्रेम बस्यो । ‘त्यसपछि उनीहरू सँगै बस्न थालेछन् । पहिला पनि एउटा छोरी जन्मेको रैछ,’ डिएसपी जोशीले भने,‘पछिल्लो समय भने रमिला र मिलनको सम्बन्ध बिग्रिएछ । उनी लकडाउन सुरू हुनुअघि नै उदयपुर गएको देखिन्छ ।’मिलन डेरा छोडेर हिँडेको बेला रमिला दुई जिउकी थिइन् । मिलन गएको केही समयपछि लकडाउन सुरू भयो । रमिलाको पेटमा सात महिनाको गर्भ थियो । सकिनसकी मजदुरी गरौंभन्दा पनि काम पाइनन् ।

लकडाउनका बेला उनले केही दिन राहतको सामानले गुजारा गरेको डिएसपी जोशीले बताए ।केही दिनअघि रमिला आफ्नै डेरामा सुत्केरी भइन् । प्रहरीसँगको बयानमा उनले जन्मिनासाथ शिशुको मुखमा कपडा को’चेर मा’रेको बताएकी छिन् । एउटा छोरी त पाल्न गाह्रो भएको छ, फेरि अर्को बच्चा कसरी पाल्ने बरू अहिल्यै मा’रिदिन्छु सोचेर मुखमा कपडा कोचिदिएँ,’ रमिलाको बयान उद्धृत गर्दै डिएसपी जोशीले भने ।प्रहरीले शिशुको श’व पो’स्टमर्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पठाएको छ भने रमिलालाई ह’त्या अ’भियोगमा मुद्दा दर्ता गरेको छ । शिशु ह’त्याको आ’रोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।उनको श्रीमानको समेत खोजी गरिरहेको छ । रमिलावि’रुद्ध कर्तव्य ज्यान मु’द्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताएका छन् ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *