काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ३८७ जना संक्रमित पुष्टि भएको छ ।योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेका छन् ।त्यस्तै २४ घण्टामा भारतमा १७० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ४ हजार ३३७ पुगेको छ ।
भारतमा अहिलेसम्म ६४ हजार ४२५ जना ठिक भएका छन् भने ८३ हजार ४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।योसँगै भारत धेरै संक्रमण हुने देश मध्ये शिर्ष १० देश भित्र परेको छ ।त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख ८४ हजार ८०३ पुगेको छ भने मृतकको संख्या ३ लाख ५२ हजार २२५ पुगेको छ ।त्यस्तै विश्वभर २४ लाख ३० हजार ६०३ जना कोरोना संक्रमित ठिक भएका छन् ।
Views: 0