विजयनगरले कृषकलाई अनुदानमा ५ हजार बोरा धान वितरण गरिने ।

२०७७ जेष्ठ १४, बुधबार १९:५४ गते २०७७ जेष्ठ १४, बुधबार १९:५४ गते २०७७ जेष्ठ १४, बुधबार १९:५४ गते

राम प्रघट कोरी/कपिलवस्तु सम्बाददाता जेष्ठ १४ – विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार बोरा धान वितरण गर्ने भएको छ । गाउँपालिकाले उन्नत जातको राधाचार धान वितरण गर्न सुरु गरेको हो । कार्यपालिकाबाट निर्णय भएबमोजिम प्रत्येक घरलाई पुग्ने गरी वितरण कार्यलाई अगाडी बढाएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त धान वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।
सरकारले लगाएको लकडाउनमा कृषकहरुको समस्याहरुलाई मध्येनजर गर्दै समयमै धानको बिउ वितरण गर्न लागेको छ । कृषकलाई कोरोना भाइरसका कारण लगाइएको लकडाउनले धानको बिउ बजारबाट ल्याउन किसानलाई अप्ठ्यारो भएकोले गाउँपालिकाले आफै धानको बिउ व्यवस्थापन गरी वितरण सुरु गरेको हो । हालसम्म गाउँपालिकाले १ हजार बोरा धान वितरण गरि सकेको कृषि विकास शाखाले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *