जीप दुर्घटनामा एकको मृत्यु

२०७५ आश्विन १५, सोमबार ०६:२४ गते २०७५ आश्विन १५, सोमबार ०६:२४ गते २०७५ आश्विन १५, सोमबार ०६:२४ गते

जीप दुर्घटनामा एकको मृत्युकेशर राेका

प्यूठान : गौमुखी गाउँपालिका—५ सालीबिसौना प्यूठानमा पिकअप जीप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको ज्यान गएको छ । सोमबार बिहान ठूलावेसीबाट बाग्दुलातर्फ जाँदै गरेको लु १ त ३४७२ नम्बरको पिकअप जीप दुर्घटना हुँदा ठूलाबेसी निवासी ३५ वर्षीय सालिक बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा ७ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । अन्य ६ यात्रु सकुसल छन् । दुर्घटनापछि ठूलावेसी—बाग्दुला सडक अवरुद्ध भएको छ ।
annapurna post

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *