कृष्णनगरले बनायो वाइफाइ सहितको ३४ बेडको आइसोलेशन

२०७७ जेष्ठ १९, सोमबार २१:०९ गते २०७७ जेष्ठ १९, सोमबार २१:०९ गते २०७७ जेष्ठ १९, सोमबार २१:०९ गते

कृष्णनगर ,जेठ १९। कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कालेजलाई काेराेना आइसाेलेसन सेन्टर बनाएकाे छ।
नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग काे समन्वयमा केटीहरुले पढ्ने आयसा गर्ल्स कालेजलाई ३४ बेडकाे आइसाेलेसन सेन्टर बनाइएकाे र आवस्यकता अनुसार अझै बेडको संख्या बढाउने कुरा नगरप्रमुख रजत प्रताप शाहले बताएका छन । काेराेना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभाेग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसाेलेसन वार्ड व्यवस्थापन गरिएकाे स्वास्थ्य संयाेजक अनिल विश्वकर्माले जानकारी गराउनुभएकाे छ। अहिलेसम्म अधिकांश भारतका बिभिन्न सहरबाट आएका नेपालीहरुमा बढी संक्रमण देखिएकाे र  उक्त आइसोलेशन मा अहिलेसम्म २५ जना कोरोना भाइरस संक्रमित लाई राखिएको संयाेजक विश्वकर्माले बताएका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *