रुपन्देहीको कञ्चन गाउँपालिकामा पहिलो पटक भेटिए कोरोना संक्रमित

२०७७ जेष्ठ २०, मंगलवार ०५:१९ गते २०७७ जेष्ठ २०, मंगलवार ०५:१९ गते २०७७ जेष्ठ २०, मंगलवार ०५:१९ गते

प्रदेश ५ सम्बाददाता/प्रिया अधिकारी जेठ १९ रुपन्देहीको कञ्चन गाउँपालिकामा पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको छ। छिमेकि देश भारतबाट नेपाल भारत सिमानाका कक्रहवा हुदै बैशाख ३१ गते नेपाल आएका ५४ वर्षीय पुरुषलाई कञ्चन १बेलभरियाको प्रगति माविमा क्वारेन्टाइनमा राखिएको थियो।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको कञ्चन गाउँपालिका स्वास्थ्य शाका प्रमुख रामप्रसाद गौतमले जानकारी दिनु भएको छ। कञ्चन १बेलभरिया स्थित प्रगती माविको क्वारेन्टाइनमा राखिएका ७ जनाको गत जेठ १३ गते आरडिटी परिक्षण गरिएकोमा ६ जनाको नेगेटिभ र १ जनाको आरडिटी पोजिटिभ आएको थियोे । आरडिटी परिक्षणमा पोजेटिभ देखिए पछि उनको जेठ १३ गते स्वाव संकलन गरि पिसिआर परिक्षणको लागी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा आज पिसिआर परिक्षण गर्दा ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ आएको शाका प्रमुख गौतमले जानकारी दिनु भयो। कोरोना पुष्टि भए पछी उनको थप उपचारको लागी वुटवल उपमहानगरपालिका द्वारा निमार्ण गरिएको वुटवलको देविनगर स्थित एनफा एकेडेमी कोरोना विशेष अस्पतालमा लगिएको कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भयो भने संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *