फेरी कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

२०७७ जेष्ठ ३१, शनिबार ११:०६ गते २०७७ जेष्ठ ३१, शनिबार ११:०६ गते २०७७ जेष्ठ ३१, शनिबार ११:०६ गते

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।वीरगञ्जको घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा बिहीबार दिउँसो शव भेटिएपछि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

त्यस्तै वीरगञ्ज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बारा निजगढका ति बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पताल पठाइएको थियो । परीक्षणका क्रममा उनमा पनि संक्रमण पुष्टि भएको हो ।निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसैबिच पर्सामा ३ वर्षका बालकसहित थप पाँचजनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका कुम्हाल टोलका दुई जना तथा सखुवा प्रसौनीको क्वारेन्टिनमा रहेका तीनजनामा संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिला, १५ वर्षीय किशोर र ३ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *