‘अनुराग’ हेर्न पूर्वप्रधानमन्त्री खनाल हलमा पुगेपछि…

२०७५ आश्विन १५, सोमबार ०८:१४ गते २०७५ आश्विन १५, सोमबार ०८:१४ गते २०७५ आश्विन १५, सोमबार ०८:१४ गते

‘अनुराग’ हेर्न पूर्वप्रधानमन्त्री खनाल हलमा पुगेपछि…काठमाण्डु टुडे
काठमाण्डु, १५ असोज – पत्रकार ऋषिधमलाको प्रस्तुती रहेको चलचित्र ‘अनुराग’ यति बेला प्रदर्शनमा छ ।

चलचित्र अनुराग हेर्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपशभामुख डा शिवमाया तुम्वाहांफे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालगायतका मान्य ज्यू हरु सिनेमा हलमा पुगेकाथिए ।

चलचित्र अनुरागलाई सँगै आएका २ चलचित्रहरुको तुलनामा केही विशेष रुपले हेरिएको छ । यसका कारण हुन पत्रकार ऋषि धमला । उनी विभिन्न कारणले चर्चामाआइरहने व्यक्तित्व हुन् । यति बेला एक पटक उनी फेरि चर्चामा छन् ।

उनकी धर्म पत्नी एलिजा गौतमले अभिनय गरेको चलचित्र अनुराग यति बेला प्रदर्शनमा छ । पत्रकार ऋषि धमलाले आफूलाई अब चलचित्रका निर्माताका रुपमा समेत उभ्याएका छन् । उनी चलचित्र सफल बनाउन आएका दर्शकलाई प्रोत्साहन दिन खटिएका छन् ।

हुन त ऋषि धमला विभिन्न राजनितिज्ञ हरुसँग राम्रै लिंक भएका पत्रकारका रुपमा चिनिन्छन् । त्यसैले पनि होला चलचित्र अनुराग हेर्नका निम्ति पूर्व प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीसमेत हलसम्म आएका थिए

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *