दाङ, २ असार : एक जोडीले वडाध्यक्षको उपस्थितिमा क्वरेन्टीन नजिकै अन्तरजातीय विवाह गरेका छन् ।घोराही उपमहानगरपालिका-१८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका-७ की २१ वर्षीया सीता चौधरीका बीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो ।कृष्ण वली र सीता चौधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताएका छन् ।वडाध्यक्ष अर्यालले उनीहरु प्रेम सम्बन्धमा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको बताए ।
आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उनले बताए ।उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको थियो । त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताए । उनले एक हप्ता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्कमा आउन दिनेगरी पठाएको जानकारी दिए ।
कृष्णले भने, ‘९ महिना पहिला भागेर भारत गएका थियौ, ‘जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बस्नु पर्यो। पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन विवाह गरेका हौं।’घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताए।वडाध्यक्ष अर्यालले बेहुलाका अभिभावकले छोरा बुहारी ९ महिनापछि घर फर्किएको हुँदा धार्मिक संस्कारअनुसार जेठभित्रै विवाह गर्नु शुभ हुने भनेपछि आफूले पुरेतको काम गरेर जेठ ३२ गते विवाह गरिदिएको बताए ।यस्तै, उनले वैवाहिक जीवनको शुभकामनाका साथै परिवारमा मिलेर बस्न तथा अभिभावकलाई सम्मानपूर्वक राख्न सल्लाह दिएको बताए । नवविवाहित जोडीलाई थप १५ दिन होम क्वारेन्टिनमै बस्न आग्रह गरेको समेत वडाध्यक्ष अर्यालले बताए । एजेन्सी ।
Views: 0