रुकुमकाण्डमा ऐन महरको चर्को आक्रोश: रगत चल्ने प्रेम नचल्ने ?(हेर्नुहोस भिडियो सहित )

२०७७ असार ४, बिहीबार ११:११ गते २०७७ असार ४, बिहीबार ११:११ गते २०७७ असार ४, बिहीबार ११:११ गते

काठमाडौं : अनेरास्ववियूका अध्यक्ष ऐन महरले दलितका अघिल्ला पुस्ताहरुको शालिक बनाएर पूजा गर्नु पर्ने बताएका छन्। संयुक्त दलित संघर्ष समितिले माईतिघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै महरले सजिव प्राणीभित्र मान्छेको कुनै जात हुँदैन भन्दै जसले सभ्य भएर हिँड्न सिकायो, दुस्मनसँग युद्ध गर्न सिकायो, खेती किसानी गर्न सिकायो त्यस्ता अग्रज पुस्ताहरुको शालिक बनाएर पूजा गर्नु पर्ने बताएका हुन्। उनले लुगा चल्ने, भाँडाकु्ँडा चल्ने, जु्त्ता–चप्पल चल्ने, उनीहरुको सीप कला, मजदुरी चल्ने, रगत चल्ने तर पानी नचल्ने, प्रेम नचल्ने यो मानव समाज कै अपराध हो, रुकुम नरसंहार जातीय विभेद् कै कारण भएको हो दावी गरे।विरोध सभालाई सम्बोधन गर्दै भने, २१ औं सताब्दीमा रुकुममा घटाईएको त्यो मानवता विरोधी जघन्य अपराध मानवीय कलङ्कको रुपमा हो जो–जो संलग्न छन् तिनीहरुलाई कानुनको कठघरामा उभ्याउनु राज्यको दायित्व हो क्षमादान हुनै सक्तैन्।अध्यक्ष महरले सजिव प्राणीभित्र मान्छेको जात मान्छे नै हो, मान्छेको कुनै जात हु्ँदैन, मान्छे–मान्छेबीच देखा परेको यो विभेदको अन्त्य हुनु जरुरी छ, यो अभियानलाई देशैभर पुर्याउन अनेराश्ववियुले लागि पर्ने दावी गरे।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *