५ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी, तपाईँ कति सुरक्षित ?

२०७५ आश्विन १५, सोमबार ०८:२८ गते २०७५ आश्विन १५, सोमबार ०८:२८ गते २०७५ आश्विन १५, सोमबार ०८:२८ गते

५ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी, तपाईँ कति सुरक्षित ?एजेन्सी

वासिङटन : इन्टरनेट ह्याकरले ५ करोड फेसबुक एकाउन्टमा क्षति पुर्याएका छन् । जसलाई फेसबुक इतिहासमै सबभन्दा ठूलो डाटा ब्रीच मानिएको छ।

कम्पनीका अनुसार ह्याकरले सोसल नेटवर्कको कोडको सहायतामा क्षति पुर्याएका हुन् । तर ह्याकिङ गरिएका एकाउन्टको पेमेन्ट सिस्टम र पासवर्ड प्रभावित नभएको फेसबुक कम्पनीले बताएको छ ।

फेसबुकका सिईओ मार्क जुकरबर्गले यस्तो समस्या उत्पन्न भएपछि अभिव्यक्ति दिएका छन् । उनले भने, ‘हाम्रो हाम्रो प्रारम्भिक परिक्षणमा अहिलेसम्म यस्तो देखिएको छैन । जसले थाहा भयो कि, टोकनको प्रयोग गरी ह्याकर्सले कसैको निजी म्यासेज वा पोस्टमा पहुँच पुर्यायो ।’

टोकन मार्फत ह्याकिङ
ह्याकरले टोकनको सहायताबाट ती सबै फेसबुक प्रयोगकर्ताको एकाउन्टलाई प्रभावित गरेको बुझिएको छ । ‘एक्सेस टोकन’ मार्फत फेसबुकमा लगातार लामो समयसम्म अनलाईन रहन सकिन्छ । साथै उसको लागि दोस्रो पटक पनि पासवर्डको खाँचो पर्दैन ।

यससँगै फेसबुकले ५ करोड टोकन रिसेट गरिएको बताएको छ । साथै ४ करोड प्रयोगकर्ताको टोकन समेत जाँच गरेको बताएको छ ।

तपाईँको एकाउन्ट त ठीक छ ?
यो ह्याकिङको असर तपाईँसम्म त आइपुगेको छैन ? यो ह्याकिङको असर जसकोमा परेको छ त्यो स्वतः लगआउट भइसकेको छ । यदी तपाईँको एकाउन्टमा पनि यसको असर परेको छ भने आफ्नो पासवर्डबाट फेरि लगइन गर्न सक्नुहुन्छ ।

न्युजफिडको सबैभन्दा माथि फेसबुक ‘एन इम्पोर्टेन्ट सेक्युरिटी अपडेट’को ब्यानर दिइएको हुन्छ । त्यहाँ तपाईँको डाटा ब्रीचको बारेमा जानकारी हुन्छ । जब कि, फेसबुकले ह्याकर्सले एक्सेस टोकन ह्याक गरे पनि पासवर्ड सुरक्षित रहेको बताएको छ । यद्यपि साइबर सेक्युरिटी विज्ञले फेसबुको पासवर्ड परिवर्तन गर्न सुझाव दिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *