सुनवल नगरपालिकाद्वारा ७६ करोड ३३ लाख ३७ हजार ५सय ९ रुपैयाको बजेट तथा नीति कार्यक्रम प्रस्तुत

२०७७ असार ११, बिहीबार ०७:४३ गते २०७७ असार ११, बिहीबार ०७:४३ गते २०७७ असार ११, बिहीबार ०७:४३ गते

उर्मिला यादव । सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले सातौ नगर सभाको बैठक आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा आज आर्थिक बर्ष २०७७/७८को बार्शिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । जसमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नीति तथा कार्यक्रमहरु लक्षित गरिएको नगर प्रमुख भिम बहादुर थापाले जानकारी दिनु भयो। कोरोना भाइरस को संक्रमण अवस्था र आधारभुत तहको स्वास्थ्य सेवा प्रवाह लाई दृष्टिगत गरि स्वास्थ्य पुर्वाधारको बिकास बिस्तार गरिने थापाले बताउनु भयो।उहाले सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरि सेवा संचालनमा प्रभावकारिता वृद्धि गरिने समेत जानकारी दिनु भयो। यस्तै गरि सुनवल नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५सय ९ रुपैयाको बजेट तथा नीति कार्यक्रम ल्याएको छ ।

जसमा आन्तरिक श्रोत तर्फ १२ करोड ५४ लाख र बाहय श्रोत तर्फ ६३ करोड ७९लाख ३७ हजार ५सय९ रुपैया रहेको छ ।नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८को कुल चालू खर्च तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुजीगत खर्च तर्फ ३५ करोड ६१ लाख २५ हजार रुपैया गरि कुल ७६ करोड ३३ लाख ३७ हजार ५सय ९ रुपैया बजेट बिनियोजन गरिएको नगर उप–प्रमुख दधिराम अर्यालले बताउनु भयो ।नगरपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ५ करोड ३३ लाख ८५ हजार रुपैया बजेट बिनियोजन गरेको छ । जस अन्तर्गत शिक्षा तर्फ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख ,खानेपानी तथा सरसफाइ तर्फ ६५ लाख, सस्कृती प्रवर्द्धन तर्फ ३२ लाख, युवा खेलकुद तथा मनोरञ्जन तर्फ ४९ लाख,लैङ्िगक समानता तथा सामाजिक समाबेशिकरण तर्फ ७६ लाख ९२ हजार ,महिला बिकास तर्फ १५ लाख,बालबालिका तर्फ ३९ लाख ९२ हजार ,जेष्ठ नागरिक तर्फ ९ लाख रुपैया बिनियोजन गरिएको छ । त्यस्तै आर्थिक बिकास तर्फ २ करोड ६१ लाख ९५ हजार बिनियोजन गरिएको छ ।

जसमा कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख ४५ हजार र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख छुट्टाइएको नगर उपप्रमुख अर्यालले जानकारी दिनु भयो ।त्यसैगरि पुर्वाधार बिकास तर्फ ६ करोड ५५ लाख रुपैया बजेट बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत बिकास तथा सेवा प्रवाह र शुशासन तर्फ ७६ लाख रुपैया बजेट बिनियिजन गरिएको छ । त्यसैगरी कोरोनाले प्रभावित भै सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिनका लागि १२ करोड ९९ लाख बजेट बिनियोजन गरिएको नगर उपप्रमुख अर्यालले जानकारी दिनु भयो । नगरपालिकाको सातौ नगरसभा प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा नगर प्रमुख थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *